हाल देशका अधिकांश स्थानहरूमा आंशिक देखि सामान्य बदली रही पश्चिमि पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्टयांग सहित वर्षा भइरहेको अवस्था छ ।
आज दिउँसो देशका धेरैजसो स्थानहरुमा आंशिक देखि सामान्य बदली रही देशका केहि स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्कादेखि मध्यम वर्षा हुनेछ। देशको पूर्वी तथा मध्य पहाडी भू-भागका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ।
राती देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली रही देशका केही स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशको पूर्वी तथा मध्य भू-भागका थोरै स्थानहरुमा तथा पश्चिमी पहाडी भू-भागका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
प्रकाशित मिति: शनिबार, साउन ३२, २०७६