काठमाडाैं । जल तथा माैसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका केही ठाउँमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना रहेकाे जनाएकाे छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
साउन ३१ गते शुक्रबार
दिउँसो: देशका पश्चिमी भूभागमा आंशिकदेखि सामान्य बदली तथा पूर्वी र मध्य भूभागमा सामान्यदेखि पूर्ण बदली रही देशका केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने छ। देशको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
राति: देशभर सामान्यतया बदली रही देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने छ। देशको पूर्वी तथा मध्य भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
साउन ३२ गते शनिबार
दिउँसो: देशका धेरैजसो स्थानमा आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने छ।देशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
राति: देशका धेरैजसो स्थानमा सामान्यतया बदली रही देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ। देशको पूर्वी र मध्यका भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
भदाै १ गते आइतबार
दिउँसो: देशका धेरैजसो स्थानमा आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ।देशको पूर्वी तथा मध्य भूभागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
राति: देशका अधिकांश स्थानमा सामान्यतया बदली रही देशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा हुने छ। देशको पूर्वी र मध्यका भूभागका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।
देशको केही स्थानमा मेघगर्जनसहितको वर्षा हुने सम्भावना रहेकाले चट्याङबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाकाे अनुराेध छ । देशको पश्चिमी भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना भएकाले चुरेबाट बहने नदीमा पानीको बहाव बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्रमा रहनेले सतर्कता अपनाउन पनि अनुराेध गरेकाे छ ।
प्रकाशित मिति: शुक्रबार, साउन ३१, २०७६