काठमाडौं । हाल देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका केही स्थानमा हल्का वर्षा साथै पश्चिमी तराईमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले गरेको मौसम पूर्वानुमान
साउन २९ गते बुधबार
दिउँसोः देशका धेरैजसो स्थानमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने छ । देशको पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
रातिः देशका धेरैजसो स्थानमा सामान्यतया बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने छ । देशको पूर्वी तथा मध्य भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
साउन ३० गते बिहीबार
दिउँसोः देशका धेरैजसो स्थानमा आंशिकदेखि सामान्य बदली रही पश्चिमका केही स्थानमा साथै मध्य तथा पूर्वका थोरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने छ । देशको पश्चिमी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
रातिः देशका धेरैजसो स्थानमा सामान्यतया बदली रही पश्चिमका केही स्थानमा साथै मध्य तथा पूर्वका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने छ । देशको पश्चिमी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
देशका केही स्थानमा चट्याङसहितको वर्षा हुने सम्भावना रहेकाले चट्याङबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पनि आग्रह गरेको छ । केही स्थानमा पहिरोले सडक यातायातमा अवरोध आउन सक्ने भन्दै यात्रा गर्दा पनि सचेत रहन विभागको अनुरोध छ ।
प्रकाशित मिति: बुधबार, साउन २९, २०७६