काठमाडौं । मनसुन आंशिक सक्रिय अवस्थामा रहँदा हाल देशभर सामान्य बदली हुनुका साथै तराईका केही स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
महाशाखाले गरेको आगामी तीन दिनको मौसमी अनुमान यस्तो छ ।
साउन २८ गते मंगलबार
दिउँसोः देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने छ । देशको मध्य तथा पूर्वी पहाडी भूभागका एकदुई स्थानका साथै पश्चिमी तराईको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
रातिः देशका धेरैजसो स्थानमा सामान्यतया बदली रही पूर्वका केही स्थानमा साथै मध्य तथा पश्चिमका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशको पूर्वी तराई भूभागका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
साउन २९ गते बुधबार
दिउँसोः देशका धेरैजसो स्थानमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने छ । देशको पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
रातिः देशका धेरैजसो स्थानमा सामान्यतया बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने छ । देशको पूर्वी तथा पश्चिमी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
साउन ३० गते बिहीबार
दिउँसोः देशका धेरैजसो स्थानमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने छ । देशको पहाडी भूभाग तथा तराईका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
रातिः देशका धेरैजसो स्थानमा सामान्यतया बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने छ । देशको पूर्वी तथा पश्चिमी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
देशका केही स्थानमा चट्याङसहितको वर्षा हुने सम्भावना रहेकाले चट्याङबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
देशको पश्चिमी पहाडी भूभाग तथा पूर्वी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पनि आग्रह गरेको छ । केही स्थानमा पहिरोले सडक यातायातमा अवरोध आउन सक्ने भन्दै यात्रा गर्दा पनि सचेत रहन विभागको अनुरोध छ ।
प्रकाशित मिति: मंगलबार, साउन २८, २०७६