काठमाडौं । हाल देशको पश्चिमी भूभागमा सामान्य बदली रही थोरै स्थानमा हल्का वर्षा भईरहेको छ । साथै मध्य तथा पूर्वी भूभागमा आंशिक बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले गरेको आगामी तीन दिनको मौसमी अनुमान यस्तो छ ।
साउन २७ गते सोमबार
दिउँसोः देशका धेरैजसो स्थानमा आंशिकदेखि सामान्य बदली रही पश्चिम तथा मध्यका केही स्थानमा र पूर्वीका थोरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने छ । देशको पश्चिमी पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
रातिः देशका धेरैजसो स्थानमा सामान्यतया बदली रही पूर्व तथा मध्यका केही स्थानमा साथै पश्चिमका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशको पूर्वी भूभागका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
साउन २८ गते मंगलबार
दिउँसोः देशका धेरैजसो स्थानमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने छ । देशको मध्य तथा पूर्वी पहाडी भूभागका एक वा दुई स्थानका साथै पश्चिमी तराईको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
रातिः देशका धेरैजसो स्थानमा सामान्यतया बदली रही पूर्वका केही स्थानमा साथै मध्य तथा पश्चिमका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशको पूर्वी तराई भूभागका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
साउन २९ गते बुधबार
दिउँसोः देशका धेरैजसो स्थानमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने छ । देशको पहाडी भूभागका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
रातिः देशका धेरैजसो स्थानमा सामान्यतया बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने छ । देशको पूर्वी तथा पश्चिमी भूभागका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
देशको केही स्थानमा मेघगर्जनसहितको वर्षा हुने सम्भावना रहेकाले चट्याङबाट बच्न सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । देशको पश्चिमी पहाडी भूभाग तथा पूर्वी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना भएकाले चुरेबाट बहने नदीमा पानीको बहावमा आकस्मिक वृद्धि हुन सक्ने भएकाले नदी तटीय क्षेत्रमा रहनेहरुलाई सतर्क रहन पनि आग्रह गरेको छ ।
प्रकाशित मिति: सोमबार, साउन २७, २०७६