काठमाडौं । हाल देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली कही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनका लागि गरेको मौसमी अनुमान यस्तो छ ।
साउन २६ गते आइतबार दिउँसोः
देशका धेरैजसो स्थानमा सामान्य बदली रही केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने छ । देशको पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
रातिः देशका धेरैजसो स्थानमा सामान्यतया बदली रही पश्चिमका केही स्थानमा तथा पूर्वी र मध्यका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशको पहाडी भूभागका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
साउन २७ गते सोमबार दिउँसोः देशका धेरैजसो स्थानमा आंशिकदेखि सामान्य बदली रही पश्चिमका केही स्थानमा तथा पूर्वी र मध्यका थोरै स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने छ । देशका पहाडी भूभागका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
रातिः देशका धेरैजसो स्थानमा सामान्यतया बदली रही केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशको पूर्वी पहाडी भूभागका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
साउन २८ गते मंगलबार दिउँसोः देशका धेरैजसो स्थानमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने छ । देशका पूर्व र मध्य पहाडी भूभागका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
रातिः देशका धेरैजसो स्थानमा सामान्यतया बदली रही केही स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
देशको केही स्थानमा मेघगर्जनसहितको वर्षा हुने सम्भावना रहेकाले चट्याङबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । देशको पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले चुरेबाट बहने नदीमा पानीको बहावमा आकस्मिक वृद्धि हुन सक्ने बाढी पूर्वानुमान महाशाखाको अनुमान छ ।
नदी आसपासमा रहने बासिन्दालाई सतर्क रहन सुझाव दिइएको छ । सडक यातायातमा पहिरोका कारण अवरोध आउन सक्ने भएकाले यात्रा गर्दा पनि सतर्कता अपनाउन विभागले अनुरोध गरको छ ।
प्रकाशित मिति: आइतबार, साउन २६, २०७६