मनसुनको न्यून चापिय रेखा औसत स्थान भन्दा केही दक्षिण तिर अवस्थित छ। भारतको मध्य प्रदेशमा रहेको मनसुनको निम्न चापिय प्रणाली हाल कमजोर भइ भारतको राजस्थानमा को रुपमा मात्र रहेको छ | मनसुनको न्यून चापिय रेखाको औसत स्थान भन्नाले भारतको उत्तरी राजस्थान, हरयाना, दिल्ली, दक्षिण उत्तर-प्रदेश, दक्षिण बिहार, झारखण्ड र पश्चिम बंगाल हुँदै बंगालको खाडीको शिरसम्म जनाउँछ।
हाल देशका अधिकांस स्थानहरुमा आंसिक देखि सामान्य बदली रही देशका थारै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशका धेरैजसो स्थानहरुमा आंसिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको संभावना छ । देशको पहाडि भू भागका एक वा दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ |
राती देशका धेरैजसो स्थानहरुमा आंसिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको संभावना छ । देशको मध्य र पूर्वि तथा मध्य पहाडी भू भागका एक वा दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
प्रकाशित मिति: शनिबार, साउन २५, २०७६