काठमाडाैं । जल तथा माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका अधिकांश स्थानमा सामान्य बदली रही पूर्वी भूभागका थोरै स्थान, मध्य र पश्चिमका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । देशका केही स्थानमा मेघगर्जन गराउने बादल पनि सक्रिय छ।
महाशाखाले गरकाे आगामी तीन दिनको मौसमी अनुमान
साउन २३ गते बिहीबार :
राति देशका धेरैजसो स्थानमा सामान्य बदली रही केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने छ। पश्चिमी भूभागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षा हुनसक्छ। ।
साउन २४ गते शुक्रबार :
दिउँसो: देशका धेरैजसो स्थानमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने छ। पूर्वी भूभागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षा हुनसक्छ।
राति: देशका धेरैजसो स्थानमा सामान्यतया बदली रही पश्चिमका केही स्थानमा पूर्वी र मध्यका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने छ।
साउन २५ गते शनिबार
दिउँसो: देशका धेरैजसो स्थानमा आंशिकदेखि सामान्य बदली रही थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
राति: देशका धेरैजसो स्थानमा सामान्य बदली रही पश्चिमका थोरै स्थान तथा पूर्वी र मध्यका केही स्थानमा मेघगर्जन/चट्याङसहित वर्षाको सम्भावना छ ।
देशका केही स्थानमा मेघगर्जनसहितको वर्षा हुने/चट्याङ पर्ने सम्भावना रहेकाले सतर्क रहन माैसम विभागले आग्रह गरेकाे छ । पूर्वी नेपालका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना भएकाले सडक यातायातमा पहिरोका कारण अवरोध आउन सक्ने भन्दै यात्रा गर्दा सतर्कता अपनाउन पनि आग्रह गरेकाे छ ।
प्रकाशित मिति: शुक्रबार, साउन २४, २०७६