माैसम पुर्वानुमान महाशाखाका अनुसार मनसुन न्यून चापिय रेखा नेपालको दक्षिणतिर अवस्थित छ साथै बंगालको खाडीबाट प्रवेश गरेको जलवाष्प युक्त हावा र स्थानीय वायुको प्रभावको कारण पुर्वका अधिकांश साथै मध्य तथा पश्चिमका केहि स्थानहरुमा वर्षाको सम्भावना छ।
हाल देशको पुर्वी तथा मध्यका अधिकांश भु-भागमा सामान्य देखि पूर्ण बदलि भई केहि स्थानहरुमा मेघ गर्जन सहित वर्षा भईरहेको छ र पश्चिमि भु-भागमा आंसिक देखि सामान्य वदली भई १-२ स्थानहरुमा वर्षा भईरहेको महाशाखाले जनाएकाे छ ।
आज दिउँसो देशको पुर्वी र मध्य भु-भागमा पुर्ण बदली साथै पश्चिमी भु-भागमा सामान्य वदली रहि पुर्व र मध्यका अधिकांश स्थानमा साथै पश्चिमका केहि स्थानहरुमा मेग गर्जनका साथ वर्षा हुनेछ। देशको पुर्व र मध्यका केहि स्थानमा साथै पश्चिमका थोरै स्थानहरुमा भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ ।
राती देशको पुर्वी र मध्य -भागमा सामान्य बदलि देखि पुर्ण बदली साथै पश्चिमी भु-भागमा सामान्य वदली रहि पुर्व र मध्यका अधिकांश स्थानमा साथै पश्चिमका केहि स्थानहरुमा मेग गर्जनका साथ वर्षा हुनेछ। देशको पुर्व र मध्यका केहि स्थानमा साथै पश्चिमका थोरै स्थानहरुमा भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ । पुर्व र मध्यका एक दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ।
प्रकाशित मिति: मंगलबार, साउन ७, २०७६