देश दिउसो पश्चिमी भूभागहरुमा सामान्य देखि पूर्ण बदलि तथा पूर्वी र मध्य भेगमा आंशिक देखि सामान्य बदली रही पुर्वका तथा मध्य थोरै स्थानहरुमा साथै पश्चिमका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
पश्चिमी भूभागका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना रहको छ । उच्च हिमाली भूभागमा हिमपात को नि सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।
आज राती देशैभरि आंशिक देखि सामान्य बदली रही पुर्वका केहि स्थानहरु साथै मध्य तथा पश्चिमका थोरै स्थानहरुमा वर्षाको सम्भावना रहेको छ।
प्रकाशित मिति: सोमबार, असार ९, २०७६