काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला ६५ रुपैयाँले घटेको हो ।
मंगलबार (भदौ ९) सुन प्रतितोला ३ लाख २२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला ३ लाख २२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ । मंगलबार चाँदी प्रतितोला ४ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला ४ हजार ९६५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: मंगलबार, भदौ ९, २०८३