सिञ्जा : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले भारतीय पर्यटकको स्वास्थ्य समस्या दृष्टिगत गरी चिकित्सकको टोली हुम्लाको हिल्सा नाकामा खटाएको छ ।
मानसरोवर जाने पर्यटकको चाप बढेसँगै स्वास्थ्य समस्या न्यूनीकरण गर्न अस्पतालले सो नाकामा चिकित्सक खटाएको हो ।
लेक लाग्ने कारण पर्यटक बिरामी पर्न सक्ने भएकाले कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको समन्वयमा विशेषज्ञ चिकित्सक डा सूर्यमान लिम्बूको नेतृत्वमा चार जनाको टोलीलाई अस्पतालले बुधबार बिदाइ ग¥यो । टोलीमा डा अविजित मिश्र, स्टाफ नर्स सावित्री केसी र अहेव नन्द खत्री सहभागी छन् ।
‘भारतीय पर्यटकको स्वास्थ्य समस्यालाई दृष्टिगत गर्दै कर्णाली प्रदेश सरकारले चिकित्सकको टोली पठाइदिन पत्राचार गरेको थियो’, रजिस्ट्रार विश्वराज काफ्लेले भने, ‘पत्रअनुसार चार महिनासम्म बस्ने गरी टोली खटाइसकेका छौँ ।’
प्रकाशित मिति: बिहीबार, जेठ १६, २०७६