काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख २२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन सुन प्रतितोला तीन लाख १९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
यसअनुसार सोमबार सुनको मूल्य प्रतितोला तीन हजार २०० रुपैयाँले बढेको हो ।
यस्तै, सोमबार चाँदीको मूल्य भने घटेको छ । महासंघका अनुसार चाँदी प्रतितोला चार हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन आइतबार चाँदी प्रतितोला चार हजार ९७५ रुपैयाँमा कारोबार भएको थियो
प्रकाशित मिति: सोमबार, भदौ ८, २०८३