काठमाडौं । उदयपुरको कटारी नगरपालिका–४ स्थित मरुवा खोलाबाट प्रहरीले १९९.३२ किलो गाँजासहित एक टिपर र चालकलाई नियन्त्रणमा लिएको छ।
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले ना.७ ख ८१७३ नम्बरको टिपर चेकजाँच गर्दा ९ वटा बोरामा लुकाएर राखिएको गाँजा बरामद गरेको हो।
प्रहरीले टिपर चालक सोम मगरलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रकाशित मिति: सोमबार, भदौ ८, २०८३