काठमाडाैं : आज मे २५ अर्थात विश्व थाइराइड दिवसकाे अवसरमा नेपालमा पनि विभिन्न जनचेतना मुलक कार्यक्रम गरी मनाइदैँछ।
दिवसको अवसरमा ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पताल प्रा।लि।, काठमाडौं डाइबेटिज एण्ड थाइराइड सेन्टर र लाइन्स क्लब अफ काठमाडौं अल्काले संयुक्त रुपमा र्याली निकालेको छ ।
अल्का अस्पतालबाट सुरु भएको र्याली जावलाखेल, कुमारीपाटी, मंगलबजार, पुल्चोक हुँदै पुनः अल्का अस्पतालमा आएर सकिएको थियो । विश्व थाइराइड दिवसका अवसरमा अल्का अस्पतालले विहान ९ बजेबाट अपरान्ह ४ बजेसम्म निःशुल्क स्वास्थ्य शिविरसमेत आयोजना गर्दैछ ।
पछिल्लो समय नेपालको जनसंख्याको ४ दशमलव ५ प्रतिशत मानिसलाई थाइराइड रहेको चिकित्सकहरुले बताएका छन् । नेपालमा थाइराइड बढ्नुको मुख्य कारण हामीले खाने नुनमा आयोडिनको मात्रा धेरै रहेको चिकित्सकहरु बताउछन् ।
प्रकाशित मिति: शनिबार, जेठ ११, २०७६