सप्तरीको शम्भुनाथ नगरपालिका–३ मा ३ वर्षीया सानिया खातुन घरपछाडिको झाडीमा मृत अवस्थामा फेला परेकी छन्। परिवारका अनुसार उनी आइतबार बिहान करिब ९ बजेसम्म घरमै थिइन्। त्यसपछि खोजी गर्ने क्रममा घरदेखि करिब ६० मिटर पछाडि झाडीमा उनको शव फेला परेको हो।
घटनापछि प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान तथा आवश्यक छानबिन अघि बढाएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
प्रकाशित मिति: आइतबार, भदौ ७, २०८३