शुक्रबार साँझ काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठानमा जनगायक जेबी टुहुरे सन्देशमूलक गीत गाउँदै थिए, ‘आमा दिदीबैनी हो, कति बस्छौ दासी भई, सुखको सधैँ प्यासी बनेर...’
एकल साँझमा यी र यस्तै गीतहरू गुन्जिरहेका थिए । टुहुरे लगातार गीत गाइरहेका थिए ।
दर्शकदीर्घामा रहेका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ लगायतका नेताहरू कम्मर मर्काइमकाई नाचिरहेका थिए ।
यता ठीक त्यही समयमा आफ्नै पति र सासूद्वारा जलाइएर मृत्युवरण गर्न पुगेकी सिरहाकी एक युवतीको शव सुस्मा कोइराला मेमोरियल अस्पताल साँखुमा लडिरहेको थियो । दुई बर्से दुधे बालिकाकी आमा कञ्चनदेवी खत्वे मण्डल जिउँदै जलेर मृत्युसँग हारिसकेकी थिइन्, त्योबेलासम्म ।
उनीहरूले जेबी टुहुरेको गीत सुनेका थिएनन् होला, टुहुरेलाई चिनेका पनि थिएनन् होला । संयोग हुन सक्छ, टुहुरेको भाका जस्तै सुखको प्यासको खोजीमा दुःखको आँसु बगाएर एक नेपाली चेलीले कलिलो उमेरमै मृत्युवरण गर्नुपर्यो । उता प्रचण्ड छमछम नाचिरहे, नारायणकाजीहरूले उनलाई साथ दिइरहे ।
अस्पतालमा कञ्चनका पिता लोचन मण्डल छोरीको शव उठाउन सहयोगको याचना गरिरहेका थिए । केही सञ्चारकर्मी र आफन्तबाहेक कोही थिएनन्, अस्पताल परिसरमा ।
कहाँ खाने, कहाँ बस्ने, शवलाई कहाँ लैजाने अनि कहाँ अन्तिम संस्कार गर्ने भन्ने अन्योलका बीच मण्डल परिवार तत्कालको आर्थिक समस्या टार्ने विषयमा चिन्तित थियो । अस्पताल प्रशासन १८ वर्षीया कञ्चनको शवलाई पोस्टमार्टम गरी आफन्तलाई बुझाउने तरखर गर्दै थियो ।
राम्रोसँग नेपाली भाषा बोल्नसमेत नजान्ने मृतकका आफन्तलाई आफ्नै देशको राजधानी नौलो थियो । उनीहरूले जेबी टुहुरेको गीत सुनेका थिएनन् होला, टुहुरेलाई चिनेका पनि थिएनन् होला । संयोग हुन सक्छ, टुहुरेको भाका जस्तै सुखको प्यासको खोजीमा दुःखको आँसु बगाएर एक नेपाली चेलीले कलिलो उमेरमै मृत्युवरण गर्नुपर्यो । उता प्रचण्ड छमछम नाचिरहे, नारायणकाजीहरूले उनलाई साथ दिइरहे ।
...
बिहीबार राति ११ बजिसकेको थियो । अबेर सुत्ने बानीले मोबाइल हेर्दै ढल्केको थिएँ । सामाजिक सञ्जालमा धरानकी मेरी मित्र जिता गुरुङले एक महिलाको दर्दनाक तस्बिर पोस्ट गर्दै जीवनरक्षाका लागि अपिल गरेकी थिइन् । पति र सासूबाट घरेलु हिंसामा परेकी एक युवतीलाई बचाउन जिताले गरेको आग्रहले मेरो ध्यान केन्द्रित ग¥यो । तत्कालै मैले उनीसँग टेलिफोन संवाद् गरे । उनीले आफूसँग भएको जानकारी मलाई दिइन् ।
उनले मलाई जे सूचना दिएकी थिइन् त्यो पर्याप्त थिएन । तर पनि घटना सत्य थियो । एक सञ्चारकर्मी भएको नाताले तत्कालै एक युवती जिउँदै जलेर मृत्युसँग सामना गरिरहेको सूचना हामीले बिहीबार राति नै प्रकाशन गर्यौँ ।
सूचना सत्य भएकाले आमनागरिक मात्र होइन सम्बन्धित निकायबाट केही पहल होला भन्ने अपेक्षा हाम्रो थियो । यद्यपि त्यो बेलासम्म उनी र घटनाको सम्पूर्ण विवरण सार्वजनिक भएको थिएन ।
सिरहाको कल्याणपुर नगरपालिका–८ की कञ्चन बिहीबार दिउँसो नै जिउँदै जलेकी रहिछन् । उनको शरीरमा मटितेल खन्याएर पति बेचु र सासू सुर्जीले जिउँदै मार्ने प्रयत्न गरेका रहेछन् । स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि कञ्चनलाई धरान लगिएको रहेछ । तर धरानमा पनि उपचार सम्भव नहुने बताएपछि आर्थिक अभावले उनका आफन्त के गर्ने, कसो गर्ने भन्ने अन्योलमा रात बिताएछन् ।
...
शुक्रबार बिहानै मैले इलाका प्रहरी कार्यालय मिचैयाका डिएसपी सुकदेव खनालसँग टेलिफोन सम्पर्क गरेँ । डिएसपी खनालले घटनाको पुष्टि गरे । प्रहरीकै सहयोगमा कञ्चनको उद्धार गरिएको बताउँदै उनले धरान पनि प्रहरीकै सहयोगमा लगिएको दाबी गरे ।
शुक्रबार विहान ८ बजेको समयमा कञ्चनलाई थप उपचारका लागि धरानबाट काठमाडौँ लगिएको रहेछ ।
बिहीबार राति नै जितासँगै धरानका केही समाजसेवी युवाको प्रयासमा आर्थिक संकलनको अभियान सुरु भएपछि स्थलमार्ग हुँदै उनलाई काठमाडौँ लगिएको रहेछ । डिएसपी खनालसँग मैले शुक्रबार दिनैभर कञ्चनको अवस्थाबारे सोधपुछ गरिरहेँ । उनी एम्बुलेन्स कहिले सप्तरी कटिसकेको त कहिले खुर्कोट पुगिसकेको जानकारी दिन्थे । यो बीचमा उनले घटनामा संलग्न भएको आरोपमा कञ्चनकी सासू पक्राउ परेको तथा पति बेचु मण्डल फरार रहेको बताउँथे ।
मैले डिएसपी खनालमार्फत् नै कञ्चनका बुबा, माइजू र नजिकको नाता पर्ने सन्तोष एम्बुलेन्ससँगै काठमाडौँ गएको जानकारी पाएँ । उनीहरूमध्ये सन्तोषले मात्र मोबाइल बोक्ने भएकाले धेरैपटक घाइते कहाँ पुगे भनेर सम्पर्क गरिरहेको थिएँ । दिउँसो ३ बजे सन्तोषसँग सम्पर्क गर्दा उनीहरू काठमाडौँ पुग्न मात्र दुई घण्टाको बाटो रहेको जानकारी पाएँ, त्यो बेलासम्म कञ्चन जिउँदै थिइन् ।
आयोगका प्रवक्ता धु्रवराज क्षेत्रीसँग धेरै पटक कञ्चनको जीवनरक्षाको विषयमा कुराकानी भयो । मैले नै क्षेत्रीलाई घटनाको विवरण बताएको थिएँ । उनी काठमाडौँमा महिला आयोगले सकेसम्म सहयोग गर्ने बताउँदै थिए ।
शुक्रबार ११ बजेपछि केही अनलाइनहरूमा यो विषयले प्राथमिकता पाइसकेको थियो । धेरै सञ्चारमाध्यमहरूले यो विषयलाई प्रमुखता दिऊन् भन्ने मेरो चाहना पनि थियो । यसबीचमा मैले राष्ट्रिय महिला आयोगमा सम्पर्क गरे । महिला आयोग बेखबर रहेछ । आयोगका प्रवक्ता धु्रवराज क्षेत्रीसँग धेरै पटक कञ्चनको जीवनरक्षाको विषयमा कुराकानी भयो । मैले नै क्षेत्रीलाई घटनाको विवरण बताएको थिएँ । उनी काठमाडौँमा महिला आयोगले सकेसम्म सहयोग गर्ने बताउँदै थिए ।
साँझको ५ बजिसकेको थियो । एम्बुलेन्समा गएका कञ्चनका आफन्त सन्तोषको मोबाइल पनि ‘स्विच्ड अफ’ भइसकेको थियो । काठमाडौँमा रहेका सहकर्मी दीपक आचार्यलाई यो विषयलाई त्यहाँ पनि निरन्तर ‘फलोअप’ गर्न आग्रह गरेको थिएँ ।
केहीबेरमा महिला आयोगका प्रवक्ता धु्रवराज क्षेत्रीको फोन आयो । उनले मलाई आज शुक्रबार कामको चापले व्यस्त भएको स्पटीकरण दिदै शनिबार बिदा अनि आइतबार मात्र अस्पताल गएर केही गर्ने बताउँदै थिए ।
साँझ साढे ५ बजिसकेको थियो । अस्पतालमा कञ्चन पुगेको जानकारी पाएँ । सहकर्मी विवश कुलुङ र क्यामेरापर्सन मुनाल केसी रिपोर्टिङका लागि साँखु पुगेका रहेछन् ।
साँझ ७ बज्नै लागेको थियो, आजको न्युज डेस्कबाट अर्को फोन आयो । त्यो फोनको सूचना थियो, घरेलु हिंसाको सिकार भएकी कञ्चनको उपचार क्रममा निधन...
...
कारण जे होस्, परिणाममा विश्वास हुन्छ । यही सत्यतामा संसार अडिएको छ । साँखुमा चिकित्सकले मृत्युको कारण जनाइदिए र भने, ‘समयमा उपचारका लागि अस्पतालमा आएको भए बचाउन सकिने थियो । तर ढिला भएका कारण बचाउन सकिएन ।’
ढिला किन भयो त ? यसको सिधा जवाफ हुन सक्छ, आर्थिक अभाव । सहजै अस्पतालको पहुँच नहुनु वा अन्य । तर तपाईंहामी सहजै जवाफ दिन सक्छौं, यसको प्रमुख कारण आर्थिक अभाव नै हो ।
हो, यो एक कारण मात्र हो । तर परिणाम भने शून्य छ । यो परिणामले एक महिलाको अनाहकमाा ज्यान गएको छ । बाँच्न पाउने नैसर्गिक अधिकारको हनन भएको छ । क्रुर पति र सासूले नेपालको कानुनको धज्जी उडाएका छन् । सँगसँगै एक दुई वर्षीया बालिका ‘टुहुरी’ भएकी छन् ।
२०२१ सालमा आफ्ना पिता बितेपछि जुटबहादुर खड्गी अर्थात जेबी टुहुरेले आफ्नो नामको पछाडि ‘टुहुरे’ बनाए । २० वर्षमा नै पिताको मृत्युपछि टुहुरो भएको महसुस गर्ने जेबीले धेरै जनताका पक्षमा गीत गाए । तर आमाको दूध पनि नछुटेकी ‘दुई बर्से टुहुरी’ कञ्चनपुत्रीको उपनाम कसले के राखिदिने ?
यो कुनै व्यंग्य होइन, कसैलाई कटाक्ष गरिएको पनि होइन । जेबी टुहुरेको महिला हिंसाविरोधी गीत, प्रचण्डको नाचगान र कञ्चनको मृत्युबीचमा कुनै सरोकार नहोला पनि । तर एक देशका शीर्ष नेता भएका हैसियतले मात्र होइन, उनको पार्टीको सरकार भएका हैसियतले देशमा गरिब निमुखा जनता कहिलेसम्म जिउँदै जल्ने ? भन्ने प्रश्न मूल हो ।
अहिले पनि छोरी पाएको निहुँमा मटितेलको लप्कामा जल्नुपर्छ महिलाले । जलेका महिलाले बाँच्नका लागि अनेकन संघर्ष गर्नुपर्छ । तेजाबको शिकार बन्नुपर्छ । अनि हामी ‘आमा दिदी बहिनी हो, कति बस्छौ दासी भई...’ भन्ने गीतको अन्तरामा कम्मर मर्काइमर्काई नाचिरहेका हुन्छौँ ।
देशको हरेक निकायमा महिलाको सहभागिता छ । राष्ट्रपति महिला छिन् । देशमा स्थायी सरकार छ । महिलाको उत्थानका लागि सिंगो मन्त्रालय र मन्त्री छन् । अझ महिला आयोग पनि छ देशमा ।
तर महिलाको अवस्था भने ज्यूँकात्यूँ छ । अहिले पनि छोरी पाएको निहुँमा मटितेलको लप्कामा जल्नुपर्छ महिलाले । जलेका महिलाले बाँच्नका लागि अनेकन संघर्ष गर्नुपर्छ । तेजाबको शिकार बन्नुपर्छ । अनि हामी ‘आमा दिदी बहिनी हो, कति बस्छौ दासी भई...’ भन्ने गीतको अन्तरामा कम्मर मर्काइमर्काई नाचिरहेका हुन्छौँ ।
...
सिरहामा एक मण्डल परिवारले आफ्नै परिवारको सदस्यमाथि गरेको हिंसा बर्बरताको नमुना हो । हाम्रो समाजमा यस्तै धेरै घटना अझै लुकेका छन्, लुकाइन्छन् । मृत्यु कसैलाई सुखद् हुँदैन, मृत्युले सबैलाई दुःखी नै बनाउँछ । यतिबेला कञ्चनको मृत्युले दुःखसँगै राज्यको निरीहतालाई प्रष्ट झल्काउँछ । यो मृत्युले केही प्रश्न पनि जन्माएको छ ।
प्रहरीले घाइते महिलालाई उद्धार ग¥यो । उपचार जहाँ सम्भव छ, त्यहाँसम्म पु¥याउने वातावरण पनि तयार गरिदियो । यसपछि के उसको दायित्व सकियो ? सासू प्रहरी हिरासतमा छिन् । पति फरार छन् । दुई बर्से अबोध बालिकालाई छिमेकीले शरण दिएका छन् । यस्तो दर्दनाक अवस्थामा राज्यको दायित्व खोई ?
प्रष्ट छ, दुई बर्से बालिका टुहुरी भएकी छिन् । तर मानाँै लाग्छ, हाम्रो देश अभिभावकबिनाको टुहुरो भएको छ । एक महिला जलेर पनि बाँच्न चाहन्थिन्, उपचार पाउन चाहन्थिन् । तर आर्थिक अभावमा उनले जीवन गुमाउनुपर्यो ।
अस्पतालमा आएका बिरामीका कुरुवाले थोरबहुत रकम संकलन गरेर उनको उपचारमा जुट्नुप¥यो । खै त देशको स्वास्थ्य निकाय ? के यस्तो बेला उसको आफ्नो जनतासँग कुनै दायित्व हुँदैन । हिंसामा परेका जनतालाई जोगाउन पनि सर्वसाधारण नै जाग्नुपर्ने ? देशले केही गर्न नसक्ने ?
महिलाको हक र अधिकार प्राप्तिका लागि देशमा महिला आयोग छ । महिला आयोग पनि टुहुरो जस्तै छ, किनकि त्यहाँ लामो समयदेखि पदाधिकारी छैनन् । एक महिला हिंसामा परेका विषयमा हामीले सूचना दिनुपर्ने, अनि त्यो सूचनाका आधारमा आयोगले केही गर्ने रे ! कस्तो देश, कस्तो निकाय ?
महिला आयोगका प्रवक्ता ध्रुव सर, कञ्चनले शुक्रबार साँझ नै प्राण त्यागिसकिन्, आज शनिबार हो । मेरो अनुरोध छ, अब तपाईंहरू आइतबार साँखुको अस्पताल जानुको कुनै औचित्य छैन । तपाईंहरू यसरी नै घडीको सुई हेरेर काम गर्नुस्, जिउँदै जल्नेहरू जल्दै गर्छन् ।
महिलाको हक र अधिकार प्राप्तिका लागि देशमा महिला आयोग छ । महिला आयोग पनि टुहुरो जस्तै छ, किनकि त्यहाँ लामो समयदेखि पदाधिकारी छैनन् । एक महिला हिंसामा परेका विषयमा हामीले सूचना दिनुपर्ने, अनि त्यो सूचनाका आधारमा आयोगले केही गर्ने रे ! कस्तो देश, कस्तो निकाय ?
देशका सम्माननीय प्रधानमन्त्री ज्यू ! राजनीतिक फाइदाका लागि आवाज उठाउने प्रतिपक्ष महोदयहरू, सिरहाका जनतासँग केही नाता भएका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ज्यू, बोलेर, भाषण गरेर वा चुनावी घोषणापत्रमा केही लेखेर मात्र यस्तो हिंसा अन्त्य हुँदैन । जबसम्म तपाईंहरूले सार्थक पहल गर्नुहुन्न । तपाईंहरू सानो बिरामी हुँदा पनि विदेशको सयर गर्नुहुन्छ । तर एक चेली जिउँदै जलेर मृत्युसँग लडिरहँदा पैसाको अभावले ज्यान जान्छ । के यही र यस्तै हो लोकतन्त्र ?
मृत्यु सत्य हो । यो अकाट्य छ । तर जलेकी कञ्चनको मृत्युले धेरैलाई जलाएको होला, धेरैको मन दुखाएको होला । तर किन दुख्दैन तपाईंहरूको मन ? किन पोल्दैन, तपाईंहरूको आत्मा ? जे होस्, यदि तपाईंहरूमा अलिकति पनि दया छ, भने त्यो दुई बर्से बालिकाको संरक्षणको जिम्मा लिइदिनोस् । दोषीलाई अबिलम्ब कारबाही गर्न पहल गरिदिनोस् ।
नेताज्यूहरू, छ त तपाईंहरूमा अलिकति मानवता ?
प्रकाशित मिति: शनिबार, वैशाख १४, २०७६