पानीमा हुने केमिकल, सुर्ती, पाना र रङ प्रयोग गरिएका खानेकुराको धेरै प्रयोगले पनि दाँतमा पहेँलोपन आँउछ ।
कसैलाई छिटै आकर्षित गर्नका लागि मोती जस्तो चम्किलो दाँतसहितको मुस्कानले धेरै काम गर्छ । तर, आजकाल धेरै जसो मानिसहरू पहेँलो दाँतको समस्याले घेरिएका छन् ।
दाँतमा पहेँलोपन आउने कैयौं कारणहरू हुन सक्छन् । कोही मानिसहरू दैनिक ब्रस गर्दैनन् भने केही मानिसमा दूषित खानाको सेवन गर्नाले दाँतमा पहेँलोपन आउन सक्छ ।
यसबाहेक पानीमा हुने केमिकल्स, सुर्ती र रंग प्रयोग भएका खानेकुराको सेवन गर्नाले पनि दाँतमा पहेँलोपन आउँछ ।
के गर्ने ?
१. दुग्धजन्य पदार्थ धेरै खाने
दाँत चम्काउनका लागि बजारमा विभिन्न किसिमका उत्पादनहरू पाइन्छन् । तर, यसले दाँतलाई फाइदा पुग्नको सट्टा नोक्सान पुग्ने सम्भावना प्रबल हुन्छ ।
जुन किसिमले प्राकृतिक उत्पादनले तपाईको दाँतलाई सफा र मजबुत बनाउँछ यस प्रकारले अन्य केही चीजले पनि सक्दैन । दूध र दूधबाट बनेका उत्पादन हाम्रो दाँतबाट छिटै पहेँलोपन टाढा भगाउँछ । यस्तो किनभने दूधमा धेरै मात्रामा क्याल्सियम हुन्छ जुन दाँतका लागि धेरै जरुरी हुन्छ ।
२. नुनले ब्रस गर्ने
दाँतलाई सफा र मोती जस्तो चम्किलो बनाउनका लागि नुनको प्रयोग हाम्रो संस्कृतिमा धेरै पहिलेदेखि नै चलिआएको हो ।
नुनमा धेरै मात्रामा सोडियम र क्लोराइड हुन्छ जसले दाँतको पहेँलोपन कम गर्न मद्दत गर्छ । दाँत सफा गर्ने समयमा थोरै नुन राख्नुहोस् । तपाई आफैँ देख्नुहुन्छ केही दिनमै तपाईंको दाँत सफा हुन्छ ।
३. कागतीले दाँत सफा गर्ने
दाँतको ब्याक्टेरियालाई मार्न र दाँतलाई सफा गर्नका लागि कागती साँच्चै नै प्रभावकारी हुन्छ । खाना खाएपछि कागतीले दाँत सफा गरेमा धेरै लाभ मिल्छ ।
दैनिक राति खाना खाएपछि एक कागतीको रस निचोरेर त्यसमा समान मात्रामा पानी मिसाउनुहोस् । खानापछि यो पानीले कुल्ला गर्नुहोस् । दैनिक यस्तो गर्नाले दाँतको पहेँलोपन र सासको दुर्गन्ध टाढा हुन्छ ।
४. बेकिङ सोडाको प्रयोग
दाँतको पहेँलोपन टाढा भगाउनका लागि बेकिङ सोडा धेरै नै प्रभावकारी हुन्छ । जुन तरिकाले हामी दाँत सफा गर्ने समयमा नुनको प्रयोग गर्छौं त्यसै तरिकाले बेकिङ सोडाको प्रयोग गर्न सकिन्छ ।
ब्रस गर्ने समयमा थोरै बेकिङ सोडा ब्रसमा राख्नुहोस् र विस्तारै आफ्नो दाँत सफा गर्नुहोस् । केही दिनमै तपाईं देख्नुहुने छ कि दाँतमा जमेको पहेँलो विस्तारै सफा हुँदै छ । –एजेन्सीको सहयोगमा
प्रकाशित मिति: बिहीबार, वैशाख १२, २०७६