अहिले पनि कतिपयले कालो चियालाई दोस्रो दर्जाको चियाको रूपमा लिने गर्दछन् । कतिपयले यो तौल घटाउने माध्यमको रूपमा लिने गर्दछन् । तर कालो चिया न दोस्रो दर्जाको चिया हो न त तौल घटाउने माध्यम मात्रै । यो त मुटुलाई स्वस्थ राख्ने एकदमै लाभदायक औषधिसमेत हो ।
युनिभर्सिटी अफ वेस्टर्न अस्ट्रेलियाको स्कूल अफ मेडिसियनमा गरिएको सो अध्ययनमा कालोचियामा पाइने एक विशेष तत्वको उपयोगिताको बारेमा बयान गरिएको छ ।
कालो चियामा प्रचुर मात्रामा पाइने फ्लेवनाइड र क्वार्सटिन रक्तधमनीलाई स्वस्थ राख्न मद्दत गर्छ । यसका साथै यी तत्वहरूले धमनीसम्बन्धी रोगहरूको सम्भावना पनि कम गर्छ ।
कालो चियामा पाइने फ्लेवनायड एन्टिअक्सिडेन्टको रूपमा काम गर्छ र यसले भिटामिन सीको प्रभावकारितामा वृद्धि ल्याउँछ । यति मात्रै नभई फ्लेवनायडले मुटुको धमनीको आसपासको तन्तुको पनि रक्षा गर्छ ।
नेतेली वार्ड, केविन क्राफ्ट र उनको समूहले मुसामा गरेको एक अनुसन्धानको आधारमा क्वार्सटिन मुटुको रक्तनलीको अक्सिडेन्टबाट हुने नेक्सानबाट बचाउन सक्षम हुने बताइएको छ । विशेषज्ञका अनुसार फ्लेवनायड् उच्च रक्तचाप कम गर्न तथा एथेरोस्क्लिरोसिस (धमनीको कडापन) को समस्या कम गर्न समेत प्रभावकारी मानिन्छ । -एजेन्सीको सहयोगमा
प्रकाशित मिति: शुक्रबार, वैशाख ६, २०७६