हाम्रो समाजमा यौनलाई लज्जाको विषय मानिन्छ, र यसलाई नितान्त गोप्य राख्ने गरिएको छ । सामान्यत : हामी यौन सम्पर्क केवल आनन्द लिनका लागि गरिने एउटा प्रक्रिया मात्रै ठान्छौं । तर धेरैलाई थाहा नहुन सक्छ यौन सम्पर्क गर्दा विभिन्न रोगबाट समेत मुक्ति पाइन्छ अर्थात् फाइदा हुन्छ ।
आफ्नो आवश्यकता अनुसार नियमित वा हप्तामा दुई–तीन पटक सेक्स गर्दा विभिन्न रोगका लागि फाइदाजनक हुने विभिन्न अनुसन्धानहरूले देखाएका छन् । कुनकुन रोगमा औषधि बन्छ त सेक्स ? केही यहाँ चर्चा गरिएको छ ।
टाउको दुख्ने : नेशनल सर्वे अफ सेक्सुअल एटिट्युड्स एन्ड लाइफस्टाइलले गरेको सोधले माइग्रेन भन्ने टाउको दुख्ने रोगका बिरामीलाई नियमित सेक्स फाइदाजनक हुने देखाएको छ । उक्त सोधले के पनि बताएको छ भने महिनामा पाँच÷छ पटकभन्दा कम सेक्स गर्नेहरूलाई माइग्रेन हुने सम्भावना अधिक हुन्छ ।
ब्लड प्रेसर : यसैगरी ब्लड प्रेसर (उच्च रक्तचाप)का बिरामीलाई पनि नियमित सेक्स फाइदाजनक रहेको विभिन्न अध्ययनहरूले देखाएका छन् । नियमित सेक्स गर्दा उच्च रक्तचाप नियन्त्रण हुने शोधको दाबी छ ।
प्रोस्टेट क्यान्सर : नियमित सेक्स गर्ने पुरुषलाई प्रोस्टेट क्यान्सरको सम्भावना कम हुने दाबी शोधकर्ताले गरेका छन् । महिनामा नियमित वा कम्तीमा २१ पटक सेक्स गर्दा प्रोस्टेट क्यान्सरको खासै खतरा नहुने उनीहरूको दाबी छ ।
हार्ट अट्याक : नियमित सेक्स गर्दा शरीरमा एस्ट्रोजन र टेस्टोस्टेरोनका सन्तुलन रहने हुँदा हार्ट अट्याक (हृदयघात)को कम हुने चिकित्सकहरू बताउँछन् ।
मोटोपन : मोटोपनको समस्यामा हुनेहरूले नियमित सेक्स गरे फाइदा पुग्ने बताइएको छ । कुनै पनि कसरत गर्नु भन्दा नियमित सेक्स मोटोपन घटाउने उत्तम उपाय भएको अनुसन्धानकर्ताहरूको भनाइ छ । –एजेन्सीको सहयोगमा
प्रकाशित मिति: सोमबार, चैत २५, २०७५