काठमाडौं : आज काठमाडौंको टुँडिखेलमा घोडेजात्राको अवसरमा नेपाली सेनाले आयोजना गरेको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, उपराष्ट्रपति नन्दबहादुर पुनलगायत उच्चपदस्थ व्यक्तित्वको उपस्थिति थियो । कार्यक्रममा सेनाले विभिन्न युद्धकालीन कौशलहरू प्रदर्शन गर्यो ।
.jpg)
नेपाली सेनाले अश्वकला, डग शो, चार्जर घोडा दौड, साइकल खेल, ग्रुपटेन्ड पेगिङ, क्रस टेन्ड पेगिङ, शारीरिक व्यायाम, लान्स हिट प्याक, म्युजिकल राइड, पोनी ले डाउन, क्रस कन्ट्री, डग अब्स्टेगल, रेन फ्रि जम्प, युद्धकलालगायत प्रदर्शन गरेको हो। त्यस्तै विभिन्न घोडा दौड, जम्प, रेस, साइक्लिङ लगायतका प्रतियोगितात्मक कार्यक्रम पनि सम्पन्न भएको छ ।
.jpg)
परापूर्वकालमा टुँडिखेलको पूर्व दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा नाम गरेको राक्षसले उपत्यकाको मानव बस्तीमा गएर विभिन्न प्रकारले दुःख दिने र बालबालिकाहरू खाइदिने गर्दथ्यो । यस्तो घटना नरोकिएपछि उपत्यकावासीले उक्त राक्षसलाई मार्नका लागि अनेक उपायहरू खोज्न थाले । त्यसै क्रममा उक्त राक्षसलाई घोडाको टापले कुल्चिएर मारिएको र त्यसैको विजय उत्सवका रूपमा घोडेजात्रा मनाउने परम्पराको सुरुआत भएको किंवदन्ती छ । अहिले पनि दौडने घोडाको टापले त्यस राक्षसको आत्मालाई दबाइराख्ने विश्वास गरिएको छ ।
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)

विवश कुलुङ/मुनाल केसी
प्रकाशित मिति: शुक्रबार, चैत २२, २०७५