भोजपुर : भोजपुर सदरमुकाममा रहेको त्रिभुवन विश्व विद्यालयको एक मात्र आंगिक क्याम्पस भोजपुर बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीका लागि आँखा परीक्षण शिविर सञ्चालन गरिएको छ ।
नेपाल नेत्रज्योति संघ आँखा उपचार केन्द्र भोजपुरको आयोजनामा क्याम्पसमा विद्यार्थीहरूका लागि शिविर सञ्चालन गरिएको हो । शिविरमा एक सय दुई जना विद्यार्थीहरूको स्वास्थ्य परीक्षण गरिएको छ भने १७ जनाको आँखा कमजोर भएकाले अन्य परीक्षणका लागि केन्द्रमा सिफारिस गरिएको उपचार केन्द्रका प्रमुख विजय तामाङले बताए ।
क्याम्पसमा अध्ययरत विद्यार्थीहरूका लागि नेत्रज्योति संघको ४१आँै स्थापना दिवसको अवसर पारेर स्वतन्त्र विद्यार्थी युनियनको सहयोगमा शिविर सञ्चालन भएको भोजपुर क्याम्पसका स्ववियु सभापति प्रकाशसिं राईले बताए ।
प्रकाशित मिति: बिहीबार, चैत १४, २०७५