भोजपुर : तथ्याङ संकलनमा समस्या हुँदा क्षयरोगीको संख्या पत्ता लगाउन असहज भएको छ । स्थानिय तह कार्यान्वयन भए पछि स्थानिय तहका स्वास्थ्य शाखाले त्यसको विवरण नराख्दा यस्तो समस्या भएको हो ।
भोजपुरमा नौ स्थानिय तह छन् जस मध्ये दुई स्थानिय तहले भने यो वर्षको विवरण नै निकालेका छैनन् । जिल्लाको अरुण गाउपालिका र साल्पासिलिच्छो गाउँपालिकाले अहिले सम्म क्षयरोग लागेका विरामी संख्याको विवरण उपलव्ध नगराएको स्वास्थ्य कार्यालय भोजपुरले जनाएको छ ।
बजेटको समस्याको कारण तथ्याङक संकलनमा ढिलाई भएको अरुण गाउँपालिका स्वास्थ्य शाखा प्रमुख धर्म नारायाण चौधारीले बताउनु भयो । जिल्लामा आर्थिक वर्ष ०७४/०७५ को अन्त्यसम्म २८ जना र यो वर्षको हाल सम्म २३ जना गरि जम्मा ५१ जना पहिलो चरणका क्षयरोगका विरामी रहेका छन ।
सवै स्थानिय तहको विवरण आई नसेकेकोले केही तलमाथी हुन सक्ने कार्यालयले जनाएको छ । क्षयरोगीको विवरण नआउदा औसधी उपचारमा समस्या हुने गरेको स्वास्थ्य कार्यालय भोजपुरका प्रमुख विनोद मिश्रले बताउनु भयो ।
क्षयरोगकोे उपचार निशुल्क हुन्छ तर जिल्लाका स्थानिय तहले उनिहरुको विवरण निकाल्न चासो नदिदा रोगी पत्ता लगाउन समस्या भएको छ । त्यसले यस तर्फ सरोकार वाला निकाएको ध्यान जान आश्वक देखिन्छ ।
प्रकाशित मिति: आइतबार, चैत १०, २०७५