काठमाडौं । नेपाली कांग्रेस सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको मुटु नभएको टिप्पणी गरेका छन् । बिहीबार फेसबुक लाइभमा आएका सांसद तथा पूर्वस्वास्थ्यमन्त्री थापाले जनताको पीर मर्का बुझ्न नसक्ने प्रधानमन्त्री ओलीको मुटु नभएको टिप्पणी गरेका हुन् ।
मुलुक र जनताको आवश्यकता र समस्या सुल्झाउन भन्दा पनि पार्टीको भित्रको झगडा मिलाउन सक्रिय रहेको भन्दै उनले भने, ‘हाम्रो प्रधानमन्त्रीसँग मुटु छैन । हाम्रो प्रधानमन्त्रीसँग मन छैन । प्रधानमन्त्रीसँग मुटु नै रैनछ । यत्रो कुरा हुँदाखेरी दुख्दा पनि नदुख्ने, पोल्दा पनि नपोल्ने, छुँदा पनि नछुने भनेपछि प्रधानमन्त्रीसँग मुटु छैन भन्नु अतियुक्ति हुँदैन ।’
भिडियो
प्रकाशित मिति: शुक्रबार, असोज ३०, २०७७