काठमाडौं । नेपालमा थप १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार योसहित नेपालमा सोमबार एकैदिन २ सय ३९ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार नवलपरासी, पाल्पा, कपिलवस्तु, रुपन्देही र गुल्मीमा थप १३ जनामा संक्रमण देखिएको हो ।
प्राप्त विवरण अनुसार नवलपरासीमा १, पाल्पामा २, कपिलवस्तु ७, रुपन्देहीमा २ र गुल्मी १ जनासमेत गरी १३ जनामा संक्रमण देखिएको हो।
याेसँगै नेपालमा संक्रमितको संख्या १ हजार ८ सय ११ पुगेको छ ।
प्रकाशित मिति: सोमबार, जेठ १९, २०७७ १३:०१