केही समययता हिंसात्मक गतिविधि गर्दै आएको विप्लव नेतृत्वको नेकपामाथी सरकारले प्रतिबन्ध लगाएको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले यो निर्णय गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार दिउँसो वैदेशिक रोजगार व्यवसायीको भेटमा विप्लव समुहलाई लुटेरा भन्दै लुटेरासँग वार्ता नगर्ने बताएका थिए । पछिल्लो समय प्रधानमन्त्री ओली र गृहमन्त्री रामबहादुर थापा विप्लव समुहप्रति आक्रामक देखिँदै आएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले विप्लव माओवादीमाथि प्रतिबन्ध लगाएको पुष्टि गरे ।
प्रकाशित मिति: मंगलबार, फागुन २८, २०७५