काठमाडौं । श्रम संस्कृति पार्टीले जनताका गुनासा तथा समस्या सुन्न ‘श्रम संस्कृति सहायता कक्ष’ सञ्चालनमा ल्याएको छ।
पार्टी अध्यक्ष हर्क साम्पाङले जनताको गुनासा सुन्नका लागि बुधबारदेखि सहायता कक्ष सञ्चालनमा ल्याइएको बताएका छन्।
सरकारसमक्ष आफ्ना समस्या तथा गुनासा पुर्याउन चाहने नागरिकलाई सहायता कक्षमा सम्पर्क गर्न उनले आग्रह गरेका छन्।
साम्पाङले सहायता कक्षको सम्पर्क नम्बर सार्वजनिक गर्दै हरेक दिन बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म सम्पर्क गर्न सकिने जानकारी दिएका छन्।
उनले जनताका समस्यालाई ‘तेरो–मेरो’ नभनी सबैको समस्या समेट्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।
प्रकाशित मिति: बुधबार, भदौ ३, २०८३