काठमाडौं । कोशी प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाले पाएका छन्।
बुधबार बसेको कोशी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले मन्त्री शेर्पालाई सरकारको प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो।
नयाँ मन्त्रिपरिषद् विस्तार भएपछि पहिलोपटक बसेको बैठकले मुख्यमन्त्री सम्मेलनको अवधारणा पत्र स्वीकृत गर्ने र त्यसको तयारी अघि बढाउने निर्णयसमेत गरेको मन्त्री शेर्पाले बताए।
बैठकले विभिन्न तीनवटा समिति गठन गर्ने निर्णयसमेत गरेको छ।
प्रकाशित मिति: बुधबार, भदौ ३, २०८३