काठमाडौं – सर्वोच्च अदालतका न्यायाधीश दिपकराज जोशीले मंगलबार राजीनामा दिएका छन्। उनलाई गत साउनमा संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशमा अस्वीकृत गरेको थियो।
त्यसपछि प्रधानन्यायाधीश ओमप्रकाश मिश्र बनेका थिए। प्रधानन्यायाधीश मिश्र हुँदा जोशी बरिष्ठ न्यायाधीसको हैसियतले सर्वोच्चमा काम गर्दै आएका थिए। संसदीय समितिले अस्वीकृत गर्दा पनि जोशी कामकाज गर्दै आएका थिए।
चोलेन्द्र शमसेर जबरा पुसमा प्रधानन्यायधीश भएपछि जोशी विदा बसेका थिए। प्रधानन्यायधीश जवराले जोशीलाई पेशी हेर्ने काममा बन्देज लगाएपछि जोशी विदामा बसेका थिए। सवै न्यायाधीशहरुले समेत जोशीलाई उतिबेला नै राजीनामा दिन सुझाएका थिए। तर जोशी भने घर विदामा बसेका थिए।
जोशीको शैक्षिक प्रमाणपत्रहरुमा जन्ममिति फरक–फरक रहेको तथा उनले गरेका फैसला समेत विवादित रहेका लगायतका आरोप लगाउँदै संसदीय समितिले उनलाई अस्वीकृत गरेको थियो।
प्रकाशित मिति: मंगलबार, फागुन ७, २०७५