नेकपा भित्रका केहि नेताहरु आफ्नै पार्टीका महिला कार्यकर्तासँग यौन मामिलामा मुछिएर कार्वाहीमा परिरहेका घटनाहरु एक पछि अर्को आउने क्रम बढेको छ । पछिल्लो पटक तत्कालिन युवासंघकी केन्द्रिय सदस्य वालिका खड्काले प्रदेश नं १ का मूख्यमन्त्री शेरधन राईले आफुमाथी चरम यौन हिंशाको साथै पार्टीमा समेत पेलानमा पारेको भन्दै सार्वजनिक आरोप लगाएकी छन् । प्रस्तुत छ, मुख्यमन्त्री राईले आफ्नो पार्टीको जिम्मेवारी र जागीर समेत खोसेको बताउने खड्का सँग आजको न्युजले गरेको कुराकानी ।
मुख्यमन्त्री शेरधन राईलाई यौनहिंसा गरेको आरोप लगाउनुभो, केहो सत्यता ?
म किन झुटो बोल्छु र ? असत्य कुरा म किन गर्थें । एकदम साँचो कुरा हो । मैले नै सकभर बाहिर ल्याउन नखोजेकी थिएँ , तर सहनै नसकिने भएपछी बोल्न बाध्य भएकी हुँ ।
हिंसा भएको बेला नबोलेर अहिले आएर बोल्नुपर्ने कारण चाहीँ ?
हेर्नुहोस, म पार्टीको एक इमान्दार कार्यकर्ता पनि हुँ । त्यसैले पार्टीका नेताहरुले गरेका कमजोरी जतिबेला पायो त्यतिबेला बाहिर ल्याउनु हुँदैन भन्ने मलाई पनि थाह छ । तर मैले जती इमान्दारीता देखाए पनि र पार्टीभीत्र कुरा राख्दा पनि सुनुवाई नहुने तर झन उल्टो तनाव दिने गर्न थालेपछी सार्वजनिक गर्न बाध्य भएकी हुँ ।
हिंसाको प्रयत्न मात्रै भएको हो की, हिंसा नै भएको हो ?
यौन आशक्ती देखाएर पटक पटक जबरजस्तीकरणी गर्ने कुरा प्रयत्न मात्रै हुन्छ र ?
विहे गर्ने सहमती पनि थियो र ?
विहेको कुरै थिएन । उनले मलाई यौन आशक्ती मात्रै पुरा गर्न प्रयोग गरे ।
तपाई कति वर्ष भो यसरी हिंसामा परिरहेको ? भन्न मिल्छ ?
म माथी उनले २०७१ सालदेखी ७२ सालको अन्तिमसम्म निरन्तर यौनहिंसा गरिरहे ।
अनि पार्टीमा पनि आफुलाई पेलान भयो भन्नु भा छ, कस्तो पेलान हो ?
म प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्रीको स्वकीय सचिवको रुपमा काम गरिरहेकी थिएँ, मलाइ त्यहाँबाट निकालियो । यतीमात्र होइन, उनि इन्चार्ज रहेको युवासंघको केन्द्रीय सदस्यबाट समेत निकाले । अत्यन्तै सक्रियताका साथ पार्टीमा काम गरिरहेको कार्यकर्तामाथी यो भन्दा ठुलो पेलान अरु के हुनसक्छ र ?
प्रकाशित मिति: मंगलबार, मंसिर ११, २०७५