२७ माघ, काठमाडौँ । एएफसी एसियन कप छनौट २०१९ का लागि नेपाली राष्ट्रिय फुटबल टिमको प्रारम्भिक टोली चयन भएको छ । प्रशिक्षक ग्योटुकी कोजीले एएफसी एसियन कप छनौट २०१९ का लागि सुरुवाती चरणमा ३६ जना खेलाडी छनौट गरेका छन । आज घोषणा भएको टिममा गएको नोबेम्बरमा एएफसी सोलिडारिटी कप जितेको टिमका २३ खेलाडीमा अरु १३ खेलाडी मिसाइएको छ । ३६ जना खेलाडीको प्रशिक्षण आगामी फागुन १ गतेदेखि हुनेछ । एएफसी एसियन कपमा नेपालको पहिलो खेल फिलिपिन्ससँग आगामी चैत १५ गते हुनेछ ।
समूहमा बिकेश कुथु, रबिन श्रेष्ठ, बिराज महर्जन, अनन्त तामाङ, दिपक गुरुङ, आदित्य चौधरी, बिमल घर्ती मगर, बिशाल राई, रञ्जन बिष्ट, अनिल गुरुङ, हेमन गुरुङ, बिक्रम लामा, कमल श्रेष्ठ, अञ्जन विष्ट, सुजल श्रेष्ठ, किरण कुमार लिम्बु, सुमन लामा, नवयुग श्रेष्ठ, देबेन्द्र तामाङ, बिशाल श्रेष्ठ, राजेन्द्र रावल, रञ्जित धिमाल, एलान न्यौपाने, कर्ण लिम्बु, युवराज खड्का, रबि पाशवान, विश्व अधिकारी, बिमल पाण्डे, सुनिल बल, जितेन्द्र कार्की, मनबहादुर तामाङ, दिनेश राजबंशी, रोहित चन्द, हेमन्त थापामगर, बिमल बस्नेत, भरत खवास रहेका छन ।
प्रकाशित मिति: बुधबार, माघ २६, २०७३