काठमाडौं । २०औँ एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालका खगेन्द्र रोका मगरले पुरुष ६० केजी तौल समूहको पहिलो खेलमा जित हात पारेका छन्।
जापानको निसिओ जिम्नासियममा भएको खेलमा खगेन्द्रले मकाउका जोन रेयस सलिनास एल्भिनलाई ५–० ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएका हुन्।
उनको अर्को खेल शुक्रबार हुनेछ।
यसअघि बक्सिङतर्फ नेपालका रमिशा श्रेष्ठ र चन्द्रबहादुर थापा पहिलो खेलमै पराजित भएका थिए। चन्द्र मंगलबार पुरुष ५५ केजी तौल समूहको पहिलो खेलमा पराजित भएका थिए।
त्यस्तै, मंगलबार नै भएको महिला ५१ केजी तौल समूहको खेलमा रमिशा पनि पहिलो खेलमै पराजित भएकी थिइन्।
प्रकाशित मिति: बुधबार, असोज ७, २०८३