काठमाडौं । २०औँ एसियन गेम्स २०२६ मा नेपालले पहिलो पदक जितेको छ। करातेको कुमुतेतर्फ ८४ केजीमाथिको तौल समूहमा नेपालका तेन्जिङ शेर्पाले कास्य पदक जितेका हुन्।
तेन्जिङले लाओसका भथ्थाना छयासनलाई ९–१ ले पराजित गर्दै कास्य पदक पक्का गरेका हुन्।
यसअघि सेमिफाइनलमा तेन्जिङ इरानका महमुद निमातीसँग ५–० ले पराजित भएका थिए। सेमिफाइनलमा पराजित भएपछि उनले कास्य पदकमा चित्त बुझाएका हुन्।
यसअघि मंगलबार भएको कातातर्फको खेलमा नेपाली टोली पदकविहीन बनेको थियो।
प्रकाशित मिति: बुधबार, असोज ७, २०८३