काठमाडौं । २०औं एसियन गेम्स २०२६ अन्तर्गत क्लासिफिकेसन खेलमा नेपाली महिला भलिबल टोली हङकङसँग पराजित भएको छ।
जापानको ओकाजाकी सोगो पार्कमा भएको खेलमा नेपाल हङकङसँग ३–० को सोझो सेटमा पराजित भएको हो। नेपालले २५–२०, २५–१९ र २८–२६ ले खेल गुमायो।
नवौं स्थानका लागि भएको खेलमा हङकङसँग पराजित भएपछि नेपालले अब ११औं स्थानका लागि खेल्नेछ।
नेपालले फिलिपिन्स र मंगोलियाबीचको खेलमा पराजित हुने टोलीसँग ११औं स्थानका लागि प्रतिस्पर्धा गर्नेछ।
प्रकाशित मिति: सोमबार, असोज ५, २०८३