काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले देशको सुरक्षा अवस्था र आगामी निर्वाचन तयारीका विषयमा गृहमन्त्री, गृहसचिव र चारवटै सुरक्षा निकायका प्रमुखहरूसँग विस्तृत छलफल गरेकी छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान भएको उक्त बैठक करिब दुई घण्टा चलेको प्रधानमन्त्री सचिवालयले जनाएको छ।
छलफलमा निर्वाचनको सुरक्षा व्यवस्था, सीमा क्षेत्रको अवस्थादेखि भित्र्याउनुपर्ने समन्वयका विषयसम्मका मुद्दा उठाइएको स्रोतले जनाएको छ। बैठकमा सुरक्षासम्बन्धी संवेदनशील क्षेत्रहरू पहिचान गरी आवश्यक तयारी अघि बढाउने सहमति पनि बनेको बताइएको छ।
प्रकाशित मिति: शनिबार, कात्तिक ९, २०८२