काठमाडौं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी बैठकमै प्रधानमन्त्री केपी शर्मा ओलीलाई फोन गरेर सामाजिक सञ्जाल तत्काल खोल्न आग्रह गरेका छन्।
गत बिहीबारदेखि सरकारले सूचीकृत नभएको भन्दै फेसबुकसहित विभिन्न सामाजिक सञ्जाल सञ्चालनमा रोक लगाएको थियो। सो निर्णयविरुद्ध युवाहरू सडकमा उत्रिएका छन्। विशेषगरी ‘जेनजी आन्दोलन’का रूपमा देखिएको प्रदर्शनमा सरकारले लगाएको रोक फिर्ता गर्न माग उठिरहेको छ।
देउवाले आजै रातिदेखि सामाजिक सञ्जाल पुनः सञ्चालनमा ल्याउन प्रधानमन्त्रीलाई दबाब दिएका हुन्।
प्रकाशित मिति: सोमबार, भदौ २३, २०८२