काठमाडौ । काठमाडौंमा सोमबार भएको जेनजीको प्रदर्शनको क्रममा केही बाह्य समूहले घुसपैठ गरेको विवरण सुरक्षा प्रमुखहरूले गृहमन्त्री रमेश लेखकलाई ब्रिफिङ दिएका छन्।
बैठकमा सबै सुरक्षा निकायका प्रमुखहरूले गृहमन्त्रीलाई जानकारी दिनुहुँदै भने, ‘जेनजी प्रदर्शनकारीहरू फर्किसकेपछि दलका कार्यकर्ताहरू प्रदर्शनमा प्रवेश गरे। दुर्गा प्रसाईं र राजावादीहरूको टोलीसँगै रास्वपाका कार्यकर्ताको पनि घुसपैठ भएको पाइएको छ।’
यस घटनापछि सुरक्षा निकायहरूले थप सतर्कता अपनाउने र नियन्त्रण कडा गर्ने तयारी गरिरहेका छन्।
प्रकाशित मिति: सोमबार, भदौ २३, २०८२