काठमाडौं । सामाजिक सञ्जाल बन्दविरुद्ध काठमाडौं उपत्यकामा जारी जेनजीहरूको प्रदर्शनमा थप एक जनाको सिभिल अस्पतालमा मृत्यु भएको छ। यससँगै प्रदर्शनमा मृत्यु हुनेहरूको संख्या १४ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका स्रोतका अनुसार, मृतकमध्ये ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा ३, केएमसी अस्पतालमा १, त्रिवि शिक्षण अस्पतालमा १ र एभरेष्ट अस्पतालमा ३ जना रहेका छन्। उनीहरू सबै प्रदर्शनमा गम्भीर घाइते भएका थिए।
अस्पताल स्रोतहरूले घाइतेहरूको ठ्याक्कै विवरण अहिलेसम्म सार्वजनिक गरिएको छैन। घाइतेहरूको उपचार विभिन्न अस्पतालमा जारी छ र केहीको अवस्था गम्भीर रहेको जानकारी प्राप्त भएको छ।
प्रदर्शनकारीहरू सामाजिक सञ्जालमा भएको प्रतिबन्ध र अनलाइन अभिव्यक्ति स्वतन्त्रतामा परेको असरविरुद्ध सडकमा उत्रिएका हुन्। प्रदर्शनमा प्रहरीले केही स्थानमा आंशिक बल प्रयोग गरेको छ।
काठमाडौं प्रहरीले प्रदर्शन व्यवस्थापनका लागि विभिन्न स्थानमा सुरक्षा व्यवस्था कडा पारेको छ भने प्रशासनले प्रभावित क्षेत्रहरूमा आवश्यक निर्देशन जारी गरेको छ।
विश्लेषकहरूले जेनजीहरूको आन्दोलनलाई सामाजिक सञ्जाल र डिजिटल स्वतन्त्रतासँग सम्बन्धित व्यापक जनचासोको संकेतको रूपमा व्याख्या गरेका छन्।
प्रकाशित मिति: सोमबार, भदौ २३, २०८२