काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले नयाँ बानेश्वर क्षेत्रका लागि कर्फ्यू आदेश जारी गरेको छ।
आज दिउँसोदेखि प्रदर्शन उग्र बन्दै गएपछि प्रशासनले कर्फ्यू लगाउने निर्णय गरेको हो। आदेशअनुसार साढे १२ बजेदेखि बेलुकी १० बजेसम्म कर्फ्यू लागू हुनेछ।
प्रशासनले अत्यावश्यक काम बाहेक सर्वसाधारणलाई घरबाहिर ननिस्कन आग्रह गरेको छ।
प्रकाशित मिति: सोमबार, भदौ २३, २०८२