काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्ण थापाले पूर्वराष्ट्रपति विद्या भण्डारी निकट समूहको तर्फबाट फरक मत दर्ता गराएका छन्।
आज च्यासलस्थित पार्टी मुख्यालय पुगेर फरक मत दर्ता गरेको जानकारी दिँदै थापाले भण्डारीको सदस्यता नवीकरण नगर्ने, ७० वर्षे उमेर सीमा हटाउने र दुई कार्यकालको व्यवस्था संशोधन गर्ने जस्ता विषयमा आफ्नो धारणा राख्दै आएको बताए।
यसअघि उपाध्यक्ष सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीले पनि आफ्ना फरक मत आधिकारिक रूपमा दर्ता गराइसकेका छन्।
महासचिव शंकर पोखरेलका अनुसार दर्ता भएका फरक मतबारे आज बस्ने सचिवालय बैठकमा विस्तृत छलफल हुनेछ। एमालेको विधान महाधिवेशन भोलिबाट सुरु हुँदैछ।
प्रकाशित मिति: बिहीबार, भदौ १९, २०८२