१८ माघ, काठमाडौँ । छातीमा सङ्क्रमण भएपछि अस्पताल भर्ना हुनुभएका अमेरिकी पूर्वराष्ट्रपति जर्ज एच.डब्लु बुस अस्पातालबाट डिस्चार्ज हुनुभएको छ । उहाँलाई गत पुस पाँच गते हाउस्टन अस्पतालमा लगिएको उहाँको कार्यालयद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ । उहाँको स्वास्थ्य अवस्थामा राम्रो सुधार भएपछि उहाँलाई घर फर्काइएको अस्पतालले जनाएको छ । उहाँलाई स्वासप्रस्वासमा अप्ठ¥यारो महसूस भएपछि पूर्व सावधानीस्वरुप अस्पताल भर्ना गरिएको थियो । उहाँले गत जुन महिनामा ९२ वर्षको जन्मदिन मनाउनुभएको थियो । अस्पताल भर्ना गरिएपछि सार्वजनिक गरिएको स्वास्थ्य बुलेटिनमा उहाँको स्वास्थ्यमा त्यति धेरै समस्या नरहेको उल्लेख गरिएको थियो ।
प्रकाशित मिति: सोमबार, माघ १७, २०७३