१७ माघ, काठमाडौँ । सरकारले स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेको छ । निर्वाचनसँग सम्बन्धित सबै विधेयक आज संसदबाट पारित भएपछि बुधबारसम्ममा मिति घोषणा हुने सरकारी अधिकारीहरुले बताएका छन । मिति घोषणाअघि सरकारले असन्तुष्ट मधेसी मोर्चालाई सहमतिमा ल्याउन प्रयास गर्ने भएको छ । मोर्चाले संसदमा दर्ता भएको संविधान संशोधन विधेयक पास नभएसम्म निर्वाचनको घोषणा नगर्न आग्रह गर्दै आएको छ । एमालेले भने पहिले चुनावको मिति घोषणा गर्नुपर्ने बताउँदै आएको छ । दोहोरो दबाबमा रहेका प्रधानमन्त्रीले सोमबार सत्तारुढ कांग्रेस र माओवादीसँगै मोर्चाको बैठक बोलाउनुभएको छ ।
प्रकाशित मिति: आइतबार, माघ १६, २०७३