१७ माघ, काठमाडौँ । क्यानडाको एक मस्जिदमा अन्धाधुन्ध गोली प्रहारबाट चार जनाको ज्यान गएको छ । क्युबेक शहरमा रहेको मस्जिदमा गोली हानाहान भएको हो । क्युबेकमा रहेको इस्लामिक साँस्कृतिक केन्द्रको मस्जिदमा गोली चलेको स्थानीय प्रहरीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ । साँस्कृतिक केन्द्रले आफ्नो फेसबुक पेजमा प्रहरी मस्जिद बाहिर रहेको भिडियो पोस्ट गरेको छ र उसले केहीको ज्यान गएको उल्लेख गरेको छ । प्रहरीले घटनामा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।
प्रकाशित मिति: आइतबार, माघ १६, २०७३