काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज अपराह्न बस्ने भएको छ।
पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा कांग्रेसको १५औँ महाधिवेशनका विषयमा छलफल हुने पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन्।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यसहित प्रदेश सभापतिहरूलाई अनिवार्य उपस्थित हुन आग्रह गरिएको छ।
प्रकाशित मिति: आइतबार, भदौ २८, २०८३