काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा अपराह्न ३ बजे बस्ने गरी बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बैठकमा भोटेकोशी बाढीलगायत समसामयिक विषयमा छलफल हुने जनाइएको छ। साथै, बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत तथा पुनर्स्थापनाको कामलाई थप प्रभावकारी बनाउने विषयमा आवश्यक निर्णय हुने बताइएको छ।
प्रकाशित मिति: बिहीबार, भदौ २५, २०८३