१४ माघ, काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपति पदमा सपथग्रहण गरेपछि पहिलो पटक रुसका राष्ट्रपति भ्लादिमिर पुटीन र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीच शनिबार टेलिफोन वार्ता हुने भएको छ । वार्ता भएमा गत जनवरी २० मा ट्रम्पले राष्ट्रपतिको सपथग्रहण गरेपछि उहाँहरुकीचको पहिलो वार्ता हुने उहाँले बताउनुभयो । उहाँहरुकाबीचमा यसअघि अमेरिकाको राष्ट्रपतीय निर्वाचनको प्रचारप्रसारको बेलामा पनि टेलिफोन वार्ता भएको थियो । सो वार्ताका क्रममा उहाँहरुकाबीचमा अमेरिका र रुसको सम्वन्धलाई समान्य बनाउने बारेमा सहमति भएको थियो ।
प्रकाशित मिति: बिहीबार, माघ १३, २०७३