काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली बाढी प्रभावित नुवाकोट पुगेका छन् ।
ओली शुक्रबार बाढी तथा पहिरो प्रभावित क्षेत्रको स्थलगत अवलोकनका लागि नुवाकोट पुगेका हुन् ।
नुवाकोट जानुअघि ओलीले एमाले पार्टी कार्यालयमा रसुवा बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण गरेका थिए ।
एमालेले बाढीपीडितको राहत तथा उद्धारका लागि पार्टीको तर्फबाट १ करोड २० लाख रुपैयाँ सहयोग गर्ने जनाएको छ । उक्त सहयोग राहत सामग्री तथा अन्य आवश्यक व्यवस्थापनमा प्रयोग गरिने जनाइएको छ।
प्रकाशित मिति: शुक्रबार, भदौ १९, २०८३