१२ माघ, काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन संवाद भएको छ । संवादको क्रममा ट्रम्पले मोदीलाई अमेरिका भ्रमणको निम्तो दिनुभएको छ । टेलिफोन संवादमा मोदीलाई भ्रमणको निम्तो दिइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यरुले जनाएका छन । संवादका क्रममा ट्रम्पले विश्वभर भएका खराब परिस्थितिसँग जुध्न अमेरिकाले भारतलाई राम्रो साथीको रुपमा लिएको बताउनु भएको छ । आर्थिक विकासको लागि पनि ट्रम्पले भारतलाई राम्रो साथी मानेको उल्लेख गर्नुभएको छ । मोदीले आफूले पनि ट्रम्पलाई भारत भ्रमणको निम्तो दिएको बताउनुभएको छ । आतंकवाद विरुद्ध लड्न पनि भारत अमेरिका साथसाथ रहने उल्लेख छ ।
प्रकाशित मिति: मंगलबार, माघ ११, २०७३