काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरिमोहन भण्डारीले ‘ग्रीन आर्मी’बारे तत्काल छानबिन गर्न सरकारसँग माग गरेका छन् ।
बिहीबार (भदौ १८) प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद भण्डारीले ‘हरियो सेना’ भनेको के हो भन्ने प्रश्न गर्दै यसको वास्तविकताबारे अविलम्ब छानबिन गर्नुपर्ने बताएका हुन् ।
“हरियो सेना भनेको के हो ? यसको बारेमा अविलम्ब छानबिन गर्न जरुरी देखेको छु,” उनले भने ।
भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि उद्धार तथा राहतका क्रममा ‘ग्रीन आर्मी’ देखिएको उल्लेख गर्दै उनले त्यसको गतिविधिबारे सरकारको ध्यानाकर्षण गराएका हुन् ।
यस्तै, सांसद भण्डारीले बजारमा देखिएको ग्यास अभावबारे पनि सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रकाशित मिति: बिहीबार, भदौ १८, २०८३