काठमाडौँ। पछिल्लो २४ घण्टामा नेपालमा १९११ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेरशवर गौतमले सो जानकारी दिएका हुन् ।
पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा थप ९ सय ४३ कोरोना संक्रमित देखिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार काठमाडौँमा ८१७, ललितपुरमा ६८ र भक्तपुरमा ५८ जना संक्रमित देखिएका हुन् ।
यसैगरी पछिल्लो २४ घण्टामा देशभर ९६१ जना निको भएका छन् भने यससँगै हालसम्म निको हुनेको कुल संख्या ५७ हजार ३८९ पुगेको छ ।
देशभर कोरोनाभाइरसको सक्रिय संक्रमितको संख्या २१ हजार ८३० पुगेको छ । स्वास्थ्य मन्त्रालयले २५ हजार सक्रिय संक्रमित नाघे फेरि लकडाउन गर्नेगरी सिफारिस गरिसकेको अवस्थामा बिहीबारसम्म सक्रिय संक्रमितम २१ हजार ८३० पुगेको हो ।
नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५०० नाघेको छ । पछिल्लो २४ घण्टामा देशभर थप ११ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ५०९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, असोज १५, २०७७