काठमाडौं । उपत्यकामा मात्रै पछिल्लो २४ घण्टामा ६४५ जना कोरोना संक्रमित थपिएका छन् । मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा शुक्रबार प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौँमा ५ सय ३ जना, ललितपुरमा ९१ जना र भक्तपुरमा ५१ जनामा संक्रमणा देखिएकाे बताएका हुन् ।
शुक्रबार उपत्यकामा ६ सय ४५ जनामा काेराेना देखिएसँगै उपत्यकामा काेराेना संक्रमितकाे संख्या १८ हजार ९ सय ७६ पुगेकाे छ । तीमध्ये ८ हजार २३७ जना संस्थागत आइसोलेशनमा रहेका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा जना १४ सय ५५ कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् । यससँगै हालसम्म संक्रमणमुक्त हुनेको कुल संख्या ५१ हजार ८६६ जना पुगेको छ । संक्रमणमुक्त हुने दर ७३.४ प्रतिशत रहेको छ ।
प्रकाशित मिति: शुक्रबार, असोज ९, २०७७